सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुलेन कैलालीमा एनप्याब्सनका उपाध्यक्ष मृत भेटिएको घटनाको रहस्य

२०७७ वैशाख १४, ०८:१२ खबर संवाददाता

धनगढी : कैलालीमा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण भुसाल मृत भेटिएको घटनाको रहस्य अझै खुल्न सकेको छैन्। बैशाख १२ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत पहनमानपुरबाट एक किलोमिटर पश्चिममा भुसाल मृत भेटिएपनि घटनाको रहस्य खुल्न नसकेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले भुसालको हत्या आशंकामा अनुसन्धान भईरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले घटनाको अनुसन्धान जारी राखिएको भएपनि अहिले सम्म कुनै क्लु नभेटिएको बताए।

प्रहरीले बीहिबार साँझ उनीसँगै मदिरा सेवन गर्ने, होटल सञ्चालक सहितका पाँचजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरुमाथि अनुसन्धान भईरहेको प्रवक्ता प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिसल समेत रहेका भुसालले गत बीहिबार पहलवानपुरमा रहेको छुट्टै बोर्डिङ स्कुलका सञ्चालकसंग होटलमा मदिरा सेवन गरेका थिए।

होटल सञ्चालक र भुसालका साथीले दिएको बयान अनुसार उनीहरुले सात वटा बियर खाएका थिए। साढे ७ बजे भोड्का साथमा ल्याएर साईकलमा घर तर्फ हिडेका उनी साढे ८ बजे सम्म घर पुगेनन्। भुसालकी श्रीमतीले कृष्णलाई फोन नलागेपछि केही बेर सम्म संगै रहेका साथीलाई फोन गरेकी थिईन्।

साथीले केही समयमा पुग्छन् होला भन्ने प्रतिक्रीया दिएका थिए। त्यस्को केही समयपछि कृष्णकी श्रीमतीले फेरी फोन गरिन् र कृष्णका साथी मोटरसाईकलमा उनलाई खोज्न हिडे। तर बाटोमा कतै भेटाएनन्। कृष्णको घर सम्म पुगेपछि खोजी गर्दै जादा उनी पहलवानपुरबाट झण्डै तीन किलोमिटर पश्चिममा मृत अवस्थामा भेटिएका थिए।   
 

कमेन्ट लोड गर्नुस