सुदूर नेपाललाई विश्वसँग जोड्दै

माहाकाली नदीमा बगेकी महिलाको प्रहरीद्धारा उद्दार, उपचार हुँदै

२०७७ वैशाख १४, ०७:११ खबर संवाददाता

दार्चुला : दार्चुलामा माहाकाली नदीमा बगेकी महिलाको प्रहरीले उद्दार गरेको छ। जिल्लाको माहाकाली नगरपालिका वडा नम्बर ५ गल्फईमा नदीमा बगेर आएकी महिलाको उद्दार गरी अस्पताल पुगाईएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सुरेन्द्र जोशीले नदीमा बगेर आएकी महिलाको उद्दार गरी जिल्ला अस्पताल दार्चुला पुगाईएको जानकारी दिए।

माहाकालीमा बगेर उद्दार गरिएकी महिला व्यास गाउँपालिका वडा नम्बर १ छाङरु बस्दै आएका ३० वर्षीया सपना ऐतवाल रहेको उनले बताए। उनको अवस्था गम्भीर भएको प्रहरी निरिक्षक जोशीले बताए।  

अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ। 

कमेन्ट लोड गर्नुस