सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको एकिकृत विकास समाजद्वारा २ सय पचास परिवारलाई खाद्यान्न सहयोग

२०७७ वैशाख १३, ०१:२३ खबर संवाददाता

डडेल्धुरा:  डडेल्धुराको एकिकृत विकास समाज(आइडिइएस) ले जिल्लाका २ सय पचास परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। संस्थाले एफसिय संगको साझेदारीमा गन्यापधुरा गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको हो। 

आफुहरुले खाद्यान्न हस्तान्तरण गरेको र गाउँपालिकाले संकलन गरिएकाे विवरणका आधारमा अति विपन्न परिवारलाई  उक्त खाद्यान्न सामग्री वितरण गरेको आइडिइएसकी कार्यकारी निर्देशक पदमा गुरुङले बताइन। 

यसअघि एकिकृत विकास समाजले जिल्लाका सातै स्थानीय तहलाई सरसफाई सामग्री तथा क्वारेन्टाइनका लागि बेड सहयोग गरिसकेको छ।  

 

 

कमेन्ट लोड गर्नुस