सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस संगठन बैतडीद्धारा ५० जना सञ्चारकर्मीलाई स्यानेटाइजर र साबुन बितरण

२०७७ वैशाख १३, १०:४३

प्रेस संगठन बैतडीले जिल्लाका ५० जना सञ्चारकर्मीलाई स्यानेटाइजर र साबुन बितरण गरेको छ। 

कोरोना भाइरसबाट बच्न सुरक्षा सामग्रीको रुपमा प्रयोग हुने स्यानेटाइजर तथा साबुन पत्रकारहरुको कार्यकक्षमै गएर बितरण गरिएको संगठनका जिल्ला संयोजक चन्द्रकान्त अवस्थीले बताए। लकडाउनका बेला तथा कोरोना भाइरसबिरुद्ध अग्रपक्तीमा रहेका हुनाले सुरक्षा सामग्री बितरण गरिएको उनले बताए।

संगठनको शुक्रवार भिडियो कन्फ्रेन्सबाट बसेको बैठकले सुरक्षा सामग्री बाड्ने निर्णय गरेको थियो। लकडाउनका बेला समेत समाचार सम्प्रेशणमा खटिएका सञ्चारकर्मीहरुलाई सुरक्षा सामग्री बितरण गर्दा थप हौसला मिलेको बैतडीका बरिष्ठ पत्रकार लक्ष्मी पाण्डेयले बताए। सूचनाका सम्बाहक पत्रकारहरु पनि लकडाउनमा सास्ती भोग्नुपरेको हुनाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरिएको छ।

कमेन्ट लोड गर्नुस