सुदूर नेपाललाई विश्वसँग जोड्दै

गन्यापधुराका १४ जनजाती परिवारलाई भट्टद्वारा खाद्यान्न सहयोग

२०७७ वैशाख १३, ०९:५५ खबर संवाददाता

डडेल्धुरा : लकडाउनका समयमा दैनिक ज्याला मजदुरी गर्ने वर्गका लागी डडेल्धुराका एक व्यवसायीले गन्यापधुरा गाँउपालिकालाई खाद्य सामाग्री हस्तान्तरण गरेका छन्।

न्यू तारापुञ्ज ट्रेड एण्ड सप्लायर्स डडेल्धुराका संञ्चालक तथा व्यापारी भोजराज भट्टले गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलिपकुमार तामाङ्गलाई खाद्य सामाग्री हस्तान्तरण गरेका हुन्।

गन्यापधुरा गाँउपालिकामा रहेका १४ जनजाती परिवारलाई वितरण गर्नेगरी राहत सामाग्री स्वरुप खाद्यान्न हस्तान्तरण गरिएको गन्यापधुरा गाँउपालिकाले जनाएको छ।

प्रति परिवार चामल  ३० केजी, दाल २ केजी, तेल २ पोका, नुन २ पाकेट र साबुन ३ पिस गरि १४ परिवारका लागि खाद्यसामाग्री सहयोग प्राप्त भएको र गाँउपालिकाले वडा मार्फत जनजाती परिवारमा वितरण गरेको गन्यापधुरा गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत दिलिपकुमार तामाङ्गले जानकारी दिएका छन्।

दैनिक ज्याला मजदुरी गरी परिवारका लागि छाक टार्ने परिवारलाई राहत प्राप्त भएपछि खुसी भएका छन्।
 

कमेन्ट लोड गर्नुस