सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रवार मात्रै चार सय बढी चिसापानी हुँदै सुदूरपश्चिम भित्रिए

२०७७ वैशाख १२, ०६:२८ खबर संवाददाता

धनगढी : पूर्वी नेपालबाट शुत्रवार मात्रै ४ सय ४१ जना सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेका छन्। देशमा लकडाउनको घोषणा गरिएका वेला देशका विभिन्न क्षेत्रबाट आएका ४ सय ४१ जना चिसापानी हुदै सुदूरपश्चिम प्रवेश गरेका हुन्।

उनीहरु सबै जना कोरोना भाइरसको सामान्य परीक्षण बिना सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेका हुन्। ती मध्ये एक हजार ३ सय ७२ पुरुष र ६९ महिला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक छ। पूर्वी नेपालबाट दैनिकजसो नागरिकहरु सुदूरपश्चिम प्रवेश गर्दै आएका छन्।

हाल सम्म चिसापानी हुदै ३ हजार ६१ जना सुदूरपश्चिम भित्रिएका छन्।

कमेन्ट लोड गर्नुस