सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीले काठमाडौं, कैलाली र कञ्चनपुरमा अलपत्र विद्यार्थी र मजदुरलाई ल्याउने

२०७७ वैशाख १२, ०६:१४ खबर संवाददाता

डडेल्धुरा: लकडाउनका कारण काठमाडौं, कैलाली र कञ्चनपुरमा अलपत्र परेका विद्यार्थी तथा मजदुरहरुलाई डडेल्धुराको अमरगढी नगरपालिकाले जिल्ला भित्राउने व्यवस्था मिलाएको छ। 

अध्ययनको शिलशिलामा काठमाडौं कैलाली, र कञ्चनपुरमा रहेका विद्यार्थी र ज्यालादारी गर्दै आएका मजदुरलाई ल्याउन शनिबार चारवटा बसहरु पठाइने नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए।

काठमाडौं कैलाली, र कञ्चनपुरमाबाट अमरगढीका नागरिक ल्याउनका लागि शनिबार बस पठाउने उनले बताए। साथै उनले डडेल्धुरा आउन चाहने अमरगढीका नागरिकहरुले गोविन्द ओझाको मोबाइल ९८४८८५९१८१ मा सम्पर्क गरि आफ्नो विवरण टिपाउन समेत अनुरोध गरेका छन्। 

अन्य जिल्लाबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्ने शर्तसिहत ल्याउन लागिएको नगरपालिकाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस