कैलालीमा पोखराबाट फर्किएकी युवतीको र्यापिड टेस्टमा कोरोना पोजेटिभ
२०७७ वैशाख १२, ०४:३८
मोहन्याल : कैलालीमा पोखराबाट फर्किएकी युवतीमा र्यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखाएको छ। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ५ मा २६ वर्षीया युवतीमा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको हो।
गाउँपालिकाका अध्यक्ष नवलबहादुर रावलले एन्टीबडी पोजेटिभ देखिएपछि पीसीआर प्रविधीबाट परीक्षण गर्न उनलाई धनगढी पठाउन लागेको बताए।
कमेन्ट लोड गर्नुस