सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सांसदबाट स्वास्थ्य सामग्री उपलब्ध

फाइल फोटो
फाइल फोटो
२०७७ वैशाख १२, ०१:०७

दार्चुलाबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन सांसदबाट स्वास्थ्य सामग्री खरिद गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण भएको छ। प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले खरिद गरी पठाएको स्वास्थ्य सामग्रीलाई मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई हस्तानतरण गरेका हुन्।

जिल्लाका नौ स्थानीय तह, दुई अस्पताल र एम्बुलेन्स चालकका लागि स्वास्थ्य सामग्री खरिद गरी बिहीबार विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ पौडेललाई हस्तान्तरण गरिएको हो। 

स्थानीय तहका स्वास्थ्य संस्थामा इन्फारेड थर्मा्मिटर नौ थान पठाइएको छ। नौ वटै स्थानीय तहलाई एक–एक दिने गरी पठाइएको छ। यस्तै एन–९५ मास्क ३० थानमध्ये १५ थान जिल्ला अस्पताल र १५ थान गोकुलेश्वर अस्पतालका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। रासस
 

कमेन्ट लोड गर्नुस