सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा असिनापानीले गहुँबालीमा क्षती, ६ बाख्रा मरे

२०७७ वैशाख १२, ११:३० खबर संवाददाता

अछाममा असिनापानीले गहुँबालीमा क्षती पुर्याएको छ भने ६ वटा बाख्रा मरेका छन्। अछामको मंगलसेन नगरपालिका वडा नम्बर १ मा बिहीबार साँझ परेको असिना पानीले गहुँबालीमा क्षति पु¥याएको हो।

असिना पानीले स्थानीय किसानहरुले लगाएको गहुँसहित जौ, मसुरो, कलालगायत तेलहन बालीमा पनि क्षति पुगेको स्थानीयले बताएका छन्। यस्तै असिना पानीले स्थानीय लालबहादुर थापा र गगने थापाका तीन।तीन वटा बाख्रा मरेका छन। जङ्गलबाट चराएर फर्काउँदै गरेको अवस्थामा असिना परेपछि बाख्रा मरेको बताइएको छ।

हिउँदमा पर्याप्त पानी परेका कारण सप्रिएको गहुँबाली भित्र्याउनै लाग्दा असिनाले सखाप बनाएपछि किसानहरु भोकमरी लाग्ने हो कि भन्ने चिन्तामा छन्। 

कमेन्ट लोड गर्नुस