बैतडीमा भारतबाट ४ हजार ८ सय भित्रिए
बैतडीमा चैत महिनामात्रै भारतबाट ४ हजार ८२२ नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। धेरैजसो नागरिक लकडाउन हुनुअघि नै भित्रिएका हुन् भने केही लकडाउनपछि भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।
लकडाउनपछि भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि घर पठाएको भए पनि लकडाउनअघि भित्रिएकाहरुको स्वास्थ्य परीक्षण हुन सकेको छैन। दशरथचन्द नगरपालिकामा ५३१, पुर्चौंडीमा ३४३, मेलौलीमा ४४९, पाटनमा ४८२ र सुर्नयामा ४०५ नागरिक भित्रिएका छन्।
यस्तै डिलाशैनीमा २६५, दोगडाकेदारमा ४०१, पञ्चेश्वरमा ८९५, सिगासमा १३९ र शिवनाथमा ९१२ नेपाली भित्रिएको बताइएको छ। गत चैत १० गतेअघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन् भने उनीहरुको स्वास्थ्य परीक्षणसमेत भएको छैन। रासस