सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसापानी पुग्ने यात्रुका लागि युवा संघका नेता कुँवरद्वारा सहयोग हस्तान्तरण

२०७७ वैशाख १०, ०८:०५ खबर संवाददाता

धनगढी : कैलालीको चिसापानीमा पुग्ने यात्रुहरुका लागि राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा युवा नेता अरुण कुँवरले सहयोग हस्तान्तरण गरेका छन्। कुँवरले व्यक्तिगत रुपमा एक लाख रुपैँया बराबरको सहयोग गरेका हुन्।

उनका अनुसार देशका विभिन्न क्षेत्रबाट चिसापानी पुगेका यात्रुहरुलाई सहज होस भन्नका लागि भुजा, चाउचाउ, बिस्कुट र पानी चिसापानी प्रहरीलाई हस्तान्तरण गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस