सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारलाई कोरोना रोकथामका लागि एभरेष्ट बैँकको ६ लाख सहयोग

२०७७ वैशाख ९, ०४:४२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारलाई कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि एभरेष्ट बैँकले ६ लाख सहयोग गरेको छ। सरकारले खडा गरेको कोरोना भाईरसको जोखिम नियन्त्रण तथा व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरेको हो।

कोषमा जम्मा गरिएको रकमको चेक एभरेष्ट बैँकका सुदूरपश्चिम प्रमुख सतिषप्रताप सिहले आज मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरे।

एभरेष्ट बैँकले सातवटै प्रदेश सरकारलाई ६÷६ लाख र संघीय सरकारलाई ६० लाख गरी एक करोड दुई लाख सहयोग गरेको धनगढी शाखाका प्रमुख चन्द्रबहादुर गुरुङले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस