सुदूर नेपाललाई विश्वसँग जोड्दै

अलपत्र परेका नेपाली महाकाली तरेर फर्किदै

२०७७ वैशाख ९, ०४:०३ खबर संवाददाता

बैतडी : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा बन्द गरेपछि भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरु महाकाली तरेर स्वदेश भित्रिन थालेका छन्। दार्चुलाको महाकाली नगरपालिका—५ खेट्टयाबगर क्षेत्रबाट चार जना नेपाली घर फर्किएका छन्। 

धार्चुलाको कालीका क्षेत्रमा मजदूरी गर्न गएका नौगाड गाउँपालिका—४ का पूर्ण्सिंह धामी, दलबीर धामी, ललित धामी र वडा नम्बर ५ का राजेन्द्रसिह धामी महाकाली तरेर नेपाल प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिए।

खेट्याबगरमा महाकाली तरेर आएका चारै जनालाई महाकाली नगरपालिका—६ पौनेखोलाबाट ल्याएर महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा राखिएको छ। –रासस
 

कमेन्ट लोड गर्नुस