सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा फेरि भेटियो पासो लगाएर मारिएको गाई

२०७७ वैशाख ९, ०३:४३ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा फेरि पासो लगाएर मारिएको अस्थामा गाई भेटिएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका– १ मा पासोमा झुण्ड्याएर मारिएको एक गाइको शव र कंकाल भेटिएको हो। 

सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा गाईको शव भेटिएको छ। महादेव सामुदायिक वन र रानीवन सामुदायिक वनको सीमामा गाईको कंकाल भेटिएको स्थानीय दत्तराज अवस्थीले जानकारी दिए। गाईको हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ।

यसअघि चैत्र ६ गते समेत देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा पाँचवटा गाई झुन्डिएको र १ गाईको बाङ्गारा भेटिएको थियो।

कमेन्ट लोड गर्नुस