काँग्रेस जिल्ला अध्यक्ष विष्टद्धारा धारचुला क्वारेन्टाइनमा बसेका नेपाली महिलाहरुलाई सहयोग
भारतीय कांग्रेस पिथौरागढ जिल्ला अध्यक्ष नन्दा विष्टले बैवाहीक बर्षगाँठको उपलक्ष्यमा धारचुलाको क्वारेन्टाइनमा बसेका नेपाली महिलाहरुलाई कपडा सहयोग गरेकी छन्।
बिवाह गरेको १४ बर्ष पुगेको अवसरमा धारचुला क्वारेन्टाइनमा बसेका ८ जना नेपाली महिलाहरुलाई कपडा र सेनेटरी प्याड सहयोग गरेको उनले बताइन्। यस्तै एक जना बालकलाई पनि कपडा सहयोग गरेको उनले बताइन्।
अहिले भारतका विभिन्न स्थानबाट फर्किएका नेपाली मजदुर धार्चुलाको क्वारेन्टाइनमा बसेका छन्।