सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक हजार बेडको क्वारेन्टाइन बन्दै

२०७७ वैशाख ८, ०३:३७ खबर संवाददाता

बैतडी:  बैतडीमा एक हजार बेडका क्वारेन्टाइन निर्माण कार्य सुरु भएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्लाका १० वटै पालिकामा क्वारेन्टाइन निर्माण सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

केही दिनअघि जिल्लामा बसेका कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला संयन्त्रको बैठकमा भएको निर्णय अनुसार एक पालिकामा कम्तीमा सय बेडका क्वारेन्टाइन निर्माण कार्य सुरु भएको उनले बताए। 

एक ठाउँमा कम्तीमा ५० जना अट्ने गरेर क्वारेन्टाइन निर्माण भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।  उनले भने, ‘पहिलाको जस्तो अलग अलग वडामा नभएर पालिकास्तरीय एकै ठाउँमा कम्तीमा ५० जना राख्न सकिने क्वारेन्टाइन निर्माण भइरहेका हुन्।’

क्वारेन्टाइनमा अलगअलग बेडको व्यवस्था, खानेपानी शौचालयको सुविधा, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्न मिल्ने तरिकाले क्वारेन्टाइन निर्माण भइरहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

कमेन्ट लोड गर्नुस