घर भाडा नलिन कैलाली उद्योग वाणिज्य संघको आग्रह
२०७७ वैशाख ८, ०३:२८
धनगढी: कैलाली उद्योग वाणिज्य संघले घर भाडा नलिएर सहयोग गरिदिन आग्रह गरेको छ। उद्योग वाणिज्य संघले आज विज्ञप्ती जारी गर्दै सरकारले आह्वान गरे अनुसार लकडाउन अवधीभर घर वहाल नलिएर सहयोग गरिदिन आग्रह गरेको हो।
चैत ११ देखि जारी लकडाउनले व्यापार व्यवसाय पनि प्रभावित भएकाले कम्तीमा तीन महिनाको व्यवसायीको बैँक व्याज मिनाह गरी व्यवसाय प्रवद्र्धनमा समेत सहयोग गर्न सरकारसँग माग गरेको छ।
कमेन्ट लोड गर्नुस