सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँ बाट सुदूरपश्चिम आएका डा. बराल भन्छन–अछामलाई भुल्न सकेन

२०७७ वैशाख ७, १०:४७ खबर संवाददाता

अछामः सरकारले सुदूरपश्चिमलाई कोरोना भाईरसको उच्च जोखीममा राखेपछि यस प्रदेशमा आउने ३३ जना चिकित्सको टोलिमा आफ्नो नाम समाबेश भएपछि डाक्टर शरद चन्द्र बरालले खुसि व्यक्त गरे।

उनले विगत तीन वर्षपछि कर्मथलो आएर केही समय सेवा दिने अवसर मिलेकोमा खुशि ब्यक्त गरे। जिल्ला अस्पताल अछामका तत्कालिन कार्यालय प्रमुख समेत रहेका डाक्टर शरद चन्द्र बरालले कर्मथलो अछामको माया जहिले पनि मानस पटलमा रहीरहने बताए।

उनले अछाममा सेवा दिन आएकै कारण यतिबेला उच्च शिक्षा हासिल गर्ने मौका मिलेकोमा खुसि व्यक्त गरे। यतिबेला बिषम परिस्थितीमा जिल्ला पुगेकाले सिमित दिनमा समेत जनताको सेवामा हरबखत तत्पर रहने उनले बताए। आफुसँगै हाडजोर्नि, रेडियोलोजि, प्रसुती बिशेषज्ञ सहीतको टिम आएकाले यतिबेला समस्या अनुसार सेवा दिईने डाक्टर बरालले बताए। 
 

कमेन्ट लोड गर्नुस