सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका वासुदेवका लागि आमा बितेको ६ दिनपछि खुल्याे जन्मभूमीको ढोका

२०७७ वैशाख ७, ०२:५३ खबर संवाददाता

धनगढी  दार्चुलाका वासुदेव भट्टका लागि आमा बितेको ६ दिनपछि जन्मभूमीको ढोका खुलेको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले आज भट्टलाई नेपाल प्रवेश गर्न दिईएको बताए।

उनका अनुसार भारतीय पक्षले सीमा सम्म पुगाएपछि उनलाई दार्चुला ल्याएर घर सम्म पुगाउने तयारी भईरहेको बताए। ६ दिन अगाडि वासुदेवकी आमाको घरमा मृत्यु भएको थियो भने घर आउन नपाउँदा उनी भारतमै क्वारेन्टाइनमा किरिया बसेका थिए।

स्थानीय प्रशासन र भारतीय सुरक्षाअधिकारीको समन्वयमा दत्तुस्थित झोलुंगे पुलमा लगाएको ताला खोली उनलाई नेपाल प्रवेश गर्न दिईएको हो । 

कमेन्ट लोड गर्नुस