सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेरामा बस्ने विद्यार्थीलाई खाद्यान्न

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख ६, ०९:४६ खबर संवाददाता

बैतडी-बैतडीको दोगडाकेदारस्थित चनैराज माध्यमिक विद्यालयले डेरा गरी बस्ने विद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गरेको छ। विद्यालयमा आइएस्सी एजीमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कैलाशकुमार भट्टले जानकारी दिए।

विभिन्न जिल्लाबाट डेरा गरेर बसेका विद्यार्थीलाई जारी लकडाउनका कारण समस्या भएपछि विद्यालयले खाद्यान्न वितरण गरेको हो। डेरा गरी बसेका नौ विद्यार्थीलाई प्रतिविद्यार्थी १० केजी चामल, दुई केजी दाल, दुई केजी आलु, एक केजी नुन र एक लिटर तेल वितरण गरेको विद्यालयले जनाएको छ। समास्यामा परेमा विद्यार्थीलाई कतैबाट सहयोग नभएपछि उनीहरूलाई सहयोग गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम भट्टले जानकारी दिए।रासस
 

कमेन्ट लोड गर्नुस