युवा संघ डोटीको पहलमा खाद्यान्न वितरण
धनगढी: राष्ट्रिय युवा संघ डोटीको पहलमा खाद्यान्न वितरण गरिएको छ। अध्ययनको लागि धनगढीमा कोठा भाडामा लिएर बस्दै आएका विद्यार्थीहरुलाई राष्ट्रिय युवा संघ डोटीको पहलमा खाद्यान्न वितरण गरिएको छ।
प्रतिनिधी सभा सदस्य प्रेम आलेमगरको सहयोगमा युवा संघ डोटीले समस्या परेका विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको हो। लकडाउनका कारण घर फर्किन नपाएर कोठामै बसेका १ सय २५ जना विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको राष्ट्रिय युवा संघ डोटीका अध्यक्ष गोविन्द खड्काले बताए।
धनगढीका विभिन्न ५ स्थानमा प्रति विद्यार्थी २५ किलो चामल, २ किलो दाल, ३ प्याकेट तेल र १ किलो नुन वितरण गरिएको उनले बताए। लकडाउनका कारण खाद्यान्न अभावको समस्या भोगीरहेका विद्यार्थीहरु संगठनको सम्पर्कमा आएपछि राहत समाग्री वितरण गरिएको अनेरास्ववियूका केन्द्रिय सदस्य चुडामणी भट्टले बताए।