सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चट्याङ लागेर दुई जना घाइते

२०७७ वैशाख ६, ०४:३० खबर संवाददाता

दार्चुलामा चट्याङ लागेर दुई जना घाइते भएका छन्। जिल्लाको नौगाड गाउँपालिका– १ नाघु मानाकोटमा चट्याङ लागेर ठिम्पु डडाल र रामादेवी डडाल घाइते हुन।  

शुक्रबार रातीकाे चट्याङले उनको एक भैसी र एक गाई मरेको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिए।  

घाइतेहरुको सामुदायिक स्वास्थ्य एकाई केन्द्रमा उपचार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस