सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुुडुक डडेल्धुराद्वारा दुई अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७७ वैशाख ६, ०२:३७ खबर संवाददाता

धनगढी:  ग्रामिण महिला विकास तथा एकता केन्द्र(रुडुक) डडेल्धुराले जिल्लाका दुई अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। रुडुकले डडेल्धुरा अस्पताल र जोगबुढा अस्पताललाई पिपिई, ह्यान्ड सेनिटाइजर र मास्क जस्ता स्वास्थ्य सामग्री सहयोग गरेको हो। 

चौधरी फाउन्डेसन र रुडुक दुवैको आर्थिक सहयोगमा दुई अस्पताललाई स्वास्थ्य सामाग्री सहयाग गरिएको रुडुक डडेल्धुराका कार्यक्रम अधिकृत अमर साउदले जानकारी दिए। डडेल्धुरा अस्पताललाई २८ थान पिपिई, १०० थान सेनिटाइजर तथा जोगबुढा अस्पताललाई १० थान पिपिई, ७ थान ऐन ९५ मास्क र २२ थान ह्यान्ड सेनिटाइजर सहयोग गरिएको उनले बताए। 

कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका चिकित्सकको सुरक्षाका लागि आफुहरुले सामग्री सहयोग गरेको साउदले बताए। 

कमेन्ट लोड गर्नुस