कैलालीका सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण
धनगढी: धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सञ्चारकर्मीलाई शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका कोषाध्यक्ष हिमाल जोशीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन।
नगरप्रमुख वडले सञ्चारकर्मीका लागि ४०० थान मास्क, ४० बट्टा सेनीटाइजर, १०० थान ग्लोब्सहरु हस्तान्तरण गरेका हुन।