सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ४० हजार नगद र लाखौँको सुनचाँदी चोरी

२०७७ वैशाख ४, ०७:११ खबर संवाददाता

धनगढी : धनगढीमा ४० हजार नगद सहित लाखौँको सुनचाँदी चोरी भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ललितबहादुर चन्दको घरबाट नगद र लाखौँको सुनचाँदी चोरी भएको हो। चन्दका अनुसार ४० हजार नगद सहित १५ तोला सुन, दुई सय तोला चाँदी र अन्य सामान चोरी भएको छ।

‘पूजाको लागि स–परिवार बैतडी गएका थियौँ। घरमा कोही पनि थिएन। घरमा राखिएका सबै सामान चोरी भएको छ।’ आज मात्रै बैतडीबाट धनगढी पुगेका चन्दले दिनेश खवरलाई भने। घरमा चोरी भएपछि आज मात्रै उनी बैतडीबाट धनगढी आएका हुन्।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार चोरीमा संग्लनको खोजी भईरहेको छ। उनले भने, ‘चोरीको केही सामान घर नजिकैको झाँडीमा पनि फेला परेको छ। संग्लनहरुको खोजी भईरहेको छ।  
 

कमेन्ट लोड गर्नुस