सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनका बेला कुनै समस्या भए सम्पर्क गर्न कांग्रेस डडेल्धुराको अनुरोध

२०७७ वैशाख ४, ०७:११ खबर संवाददाता

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले जिल्लावासीलाई कुनै समस्या भए आफुलाई सम्पर्क गर्न अनुरोध गरेको छ। सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्दै उक्त समयमा कुनै डडेल्धुरावासीलाई समस्या भए कांग्रेस डडेल्धुरालाई गुहार्न अनुरोध गरिएको छ।

बिहिबार कांग्रेस डडेल्धुराले एक जानकारी पत्र जारी गर्दै जिल्लामा रहेका आफ्नो कार्यसमितिका पदाधिकारी, पालिका समिति, वडा समिति तथा भातृ संगठनहरु परिचालित रहेकाले अप्ठ्यारोमा परेका नागरिकलाई सम्पर्क गर्न अनुरोध गरेको हो। 

सम्पर्कका लागि नेपाली कांग्रेस डडेल्धुराले सम्पूर्ण पदाधिकारीको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ। 

यस्तो छ जानकारीपत्र:

विषयः जानकारी ।

कोरोना भाइरस(कोभिड) महामारीका विरुद्ध सरकारले लकडाउन गरेको आज २४ औँ दिन हो । यसलाइ पूर्ण रुपमा पालना गर्न हामी सबै नागरिकको कर्तव्य हो। सरकारले संचालन गरेका कार्यक्रमहरुलाई सहयोग गर्ने हाम्रो थप जिम्मेवारी पनि हो। यसै सन्दर्भमा “घरमै बस्ने, सफासंग बस्ने, आफू बच्ने अरुलाई पनि बचाउन प्रयत्न गर्ने “हाम्रो कर्तव्य हो।

कर्तव्य बोध गर्न र गराउनका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय सरकारका जनप्रतिनिधि साथीहरु, संचारकर्मी साथीहरु संगै नेपाली काँग्रेस डडेल्धुराका ५२ वटै वडाका सभापतिहरु, ७ वटै पालिकाका सभापतिहरु, २ वटा प्रदेशका सभापति, जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्यहरु र भातृ एवं सुवेच्छुक संघ संस्थाका महत्त्वपूर्ण साथीहरु निरन्तर परिचालित र क्रियाशील रहेको कुरा जानकारी गराउन चहान्छौँ।

यस्तो विषम परिस्थितमा सरकारले लकडाउनलाई निरन्तरता दिएको छ, यसलाई हामी हरेक नागरिक बच्नको लागि र हाम्रो मानव समाज बचाउनको लागि हो भन्ने कुराको आत्मसाथ गरिकन कडाईका साथ सबैले निरन्तरता दिनु हुनेछ र हाम्रो जिल्लाका कुनै पनि नागरिकलाई समस्या परेमा तत्–तत् वार्ड सभापति, पालिका सभापति, प्रदेश सभापति र जिल्ला कार्य समितिमा तपाईहरु सूचना दिनु हुने छ र जिल्लाभित्र वा जिल्ला बाहिर कुनै समस्या परेमा हाम्रा अदरणीय आमा–बुवा, दाजुभाइ तथा दिदिबहिनीहरुलाई यस विषम परिस्थितिमा परेको समस्यालाई सामाधान गर्न प्रयासरत छौँ र रहने छौँ भन्ने पुनः प्रतिबद्धता गर्दछौं।

यो असाधारण परिस्थितिमा निरन्तर खटी राख्नुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय सरकारका जनप्रतिनिधि साथीहरु र संचारकर्मी साथीहरु प्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरुको मनोवल उच्च बनाउनको लागि सबैले आ–आफ्नो ठाउबाट सहयोग गर्न हामी सबैको कर्तव्य हो भन्ने कुरा पुन: स्मरण गराउन चहान्छौँ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति डडेल्धुराको नामबाट स्थानीय सरकारको माध्यमद्वारा यस घडिमा विभिन्न ढंगको जनतालाई सहयोग गरिराख्नु भएका महानुभावहरुलाई धन्यवाद दिदै थप सहयोग गर्न चहानु हुने सम्पूर्ण महानुभावहरुलाई एकिबद्धताका लागि हार्दिक–हार्दिक अपील गर्न चहान्छौँ।

जय नेपाल ॐ साईराम 
सम्पर्कका लागि 
सभापतिः  मा. कर्णबहादुर मल्ल, ९८५१०८३५७५ 
उपसभापतिः श्री करुणाकर भट्ट, ९८५८७५३५८८, ९८४८८०५५८८
कार्यालय सचिवः श्री रामबहादुर बिष्ट ०९६४२०१६९, ९८४८९८३०५९, ९८४८६७८५३१

कमेन्ट लोड गर्नुस