सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीनवटै सुरक्षा निकायलाई कोरोना रोकथामका लागि १५/१५ लाख

२०७७ वैशाख ४, ०४:०२ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि तीनवटै सुरक्षा निकायलाई १५÷१५ लाख बजेट उपलब्ध गराएको छ। गत चैत २७ को  मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई १५÷१५ लाखका दरले बजेट दिईएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले नेपाली सेनाको सुदूपश्चिम प्रदेश पृतना हेड क्वाटर दीपायल, प्रदेश प्रहरी कार्यालय दीपायल र सशस्त्र प्रहरी बल अत्तरिया बाहिनीलाई १५÷१५ लाखका दरले बजेट दिईएको जानकारी दिए। यस्तै राष्ट्रिय अनुसन्धान विभाग धनगढीलाई पनि १० लाख प्रदान गरिएको छ।

तीनवटै सुरक्षा निकायलाई उपलब्ध गराएको बजेट उनीहरुले जिल्ला र मातहतका कार्यालयलाई आवश्यकताका आधारमा कोरोना रोकथामका लागि दिनसक्ने प्रदेश सरकारले जनाएको छ।

यसैगरी कैलाली र कञ्चनपुर सहित ९ वटा जिल्ला प्रशासन कार्यालयलाई समेत पाँच÷पाँच लाख बजेट प्रदान गरिएको छ।

 

कमेन्ट लोड गर्नुस