सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले राहतको सवा १५ करोड स्थानीय तहलाई पठायो

२०७७ वैशाख ४, ०३:४७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस (कोभिड–१९) मा अति विपन्न, असहाय तथा ज्यालादारी गुमेका परिवारका सदस्यलाई राहत वितरणका लागि छुट्याएको बजेट स्थानीय तहलाई पठाएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ८८ वटै स्थानीय तहलाई राहतका लागि सर्शत अनुदान अन्तरगत विनीयोजन गरेको १५ करोड २६ लाख बजेट स्थानीय तहको खातामा हालिएको जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले राहतका लागि विनीयोजन गरिएको बजेट सबै स्थानीय तहको खातामा जम्मा गरिएको जानकारी दिए। जोशीका अनुसार स्थानीय तहले राहत वितरणका लागि एक लाख ८० हजारदेखि ५६ लाख ३० हजार बजेट निकासा दिईएको छ।

सबैभन्दा बढि धनगढी उपमहानगरपालिकालाई राहत वितरणका लागि ५६ लाख ३० हजार रकम दिईएको छ। स्थानीय तहहरुले अति विपन्न, असहाय र ज्यालादारी गुमेका परिवारलाई तीन हजारका दरले राहत दिने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। 

 
 

कमेन्ट लोड गर्नुस