सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वडा सचिव सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ

२०७७ वैशाख ३, ०६:०९ खबर संवाददाता

धनगढी:  कैलालीका एक जना वडा सचिव सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ४ का सचिव रामकुमार चौधरी १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कारमा संग्लन रहेको भन्दै पक्राउ परेका हुन्।

२९ वर्षीय चौधरी सोही वडाका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षीय सुरेश कुमार चौधरीसंगै पक्राउ परेका हुन्। उनीहरुमाथि भजनी नगरपालिकाकी १५ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार तीन जनाले किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउ भनेका थिए। प्रहरी नायव उपरिक्षक बस्नेतले थपे, ‘भजनी नगरपालिका वडा नम्वर ८ कृष्णनगर स्थित हुलाकी सडकको दक्षिण तर्फ रहेको झाडीमा डर, त्रास, धाक धम्की देखाई जबरजस्तीकरणी गरेको बुझिएको छ।’ कैलाली जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस