कैलालीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ
धनगढी : कैलालीमा १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। मंगलवार साँझ गोठाला गएका बेला जिल्लाको भजनी नगरपालिकाकी किशोरीमाथि बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो। जोशीपुर गाउँपालिका वडा नम्वर ४ लालपुर बाणी बस्ने वर्ष २९ का रामकुमार चौधरी, वर्ष २२ का मंगल चौधरी, वर्ष ३१ का सुरेश कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउ भनेको र भजनी नगरपालिका वडा नम्वर ८ कृष्णनगर स्थित हुलाकी सडकको दक्षिण तर्फ रहेको झाडीमा डर, त्रास, धाक धम्की देखाई जबरजस्तीकरणी गरेको बुझिएको छ।’ कैलाली जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।