सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा चार भेन्टिलेटर थपिए, दुई वटा जडान

२०७७ वैशाख ३, ०४:१२ खबर संवाददाता

सेती प्रादेशिक अस्पतालमा थप चार वटा भेन्टिलेटर थपिएका छन्। कोरोना भाईरस (कोभिड–१९) का गम्भीर प्रकृतिका विरामीको उपचारका लागि अस्पतालले खरिद गरेका दुई वटा र निक साईमन इन्स्टिच्युटले अनुदानमा प्रदान गरेका दुई समेत गरी चारवटा भेन्टिलेटर थपिएका हुन्।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले निक साईमनले अनुदानमा दिएका दुई वटा भेन्टिलेटर जडान गरिएको जानकारी दिए। अस्पतालले खरिद गरेका थप दुईवटा भेन्टिलेटर पनि परीक्षण भईसकेकाले पाँच शैयाको आईसियु सहित सञ्चालनमा ल्याउने तयारी भईरहेको मेसु पाण्डेले बताए।

कोरोना भाईरसका गम्भीर प्रकृतिका विरामीको उपचारका लागि पाँच शैयाको आईसियु सहित भेन्टिलेटर जडान गरिने जानकारी दिए। पछिल्लो पटक थपिएका समेत गरेर सेती प्रादेशिक अस्पतालमा अब भेन्टिलेटरको संख्या पाँच पुगेको छ।

यस्तै थपिन लागेको पाँच शैया समेत गरेर १० शैयाको आईसियु सेवा सञ्चालन हुने भएको छ। 
 

कमेन्ट लोड गर्नुस