सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पठाएर नवजीवनमा प्रसुती सेवा सञ्चालन गर्ने निर्णय

२०७७ वैशाख ३, ०३:४० खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली पठाएर नवजीवन अस्पतालमा प्रसुती सेवा सञ्चालन गर्ने निर्णय भएको छ। प्रदेश संकट व्यवस्थापन केन्द्रको आज भएको बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा भएको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गर्दै आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको नवजीवन अस्पतालमा सार्ने निर्णय गरे पनि जनशक्ति व्यवस्थापन बारे कुनै निर्णय भको थिएन्।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका सरकार प्रवक्ता प्रकाश शाहले सेती प्रादेशिक अस्पतालको स्वास्थ्यकर्मीको टोली पठाएर नवजीवन अस्पतालमा प्रसुती सेवा सञ्चालन गर्ने निर्णय भएको बताए। ‘

कोरोना संक्रमितको उपचारका लागि प्रि फ्यावको अस्पताल निर्माण नभए सम्मका लागि सेतीमा प्रसुती सेवा बन्द हुनेछ। उक्त सेवा नवजीवन अस्पतालमा सञ्चालन हुनेछ। छुट्टै अस्पताल सञ्चालन भए सेतीमा फेरी सेवा सुरु हुनेछ।’ मन्त्री शाहले प्रेस व्रिफिङ गर्नै भने।

कमेन्ट लोड गर्नुस