सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल अनिश्चित कालका लागि स्थगित

२०७७ वैशाख ३, ०२:०५ खबर संवाददाता

इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको छ। भारत सरकारले थप तीन साता लकडाउन लम्ब्याएसँगै अप्रिल १५ देखि हुने भनिएको आईपीएल अनिश्चिकत कालका लागि स्थगित भएको हो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई जानकारी गराएको छ। आईपीएलको नयाँ मितिका बारे कुनै उल्लेख गरिएको छैन। -एजेन्सी

कमेन्ट लोड गर्नुस