सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा गेटा आँखा अस्पताल मातहतका उपचार केन्द्र बन्द हुँदा समस्या

२०७७ वैशाख ३, १०:१० खबर संवाददाता

लकडाउनमा गेटा आँखा अस्पताल मातहत रहेका उपचार केन्द्रहरु बन्द गरिदा समस्या भएको छ। सरकारले अस्पतालहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका बेला गेटा आँखा अस्पताल मातहतका उपचार केन्द्रहरु भने बन्द गरिदा समस्या भएको हो।

मंगलबार गहुँ काट्ने क्रममा आँखामा चोट लागेपछि फूलबारीबाट श्रीमतीलाई उपचारका लागि धनगढीको बुद्ध मन्दिर नजिकैको गेटा आँखा उपचार केन्द्र पुगाएका रामचरण चौधरीले  सेवा बन्द हुँदा समस्या भएको बताए। उनले  उपचार केन्द्र बन्द हुँदा आफू सहितका चार जना विरामीले उपचार सेवा नपाएको गुनासो गरे।

उनले गेटा आँखा अस्पताल जादा प्रहरीले लकडाउन भन्दै रोक लगाउँदा झनै समस्या भई उपचार नपाउने अवस्था रहेकाले धनगढीबाट पनि सेवा दिनुपर्ने बताए। किसानहरुले गहुँ भित्र्याउने समय भएकाले यो बेला हुनसक्ने जोखिमलाई ध्यानमा राखेर उपचार केन्द्रबाट आकस्मीक सेवा सञ्चालन गरिनुपर्ने माग गरिएको छ।

यता गेटा आँखा अस्पतालले भने सबै उपचार केन्द्रबाट अत्यावश्यक सेवा प्रदान गरिरहेको दावी गरेको छ।  अस्पतालका प्रमुख डाक्टर सुरेशराज पन्तले ओपीडी सेवा बन्द भएपनि मातहतका उपचार केन्द्रमा इमरजेन्सी सेवा सुचारु नै राखिएको जानकारी दिए।

पन्तले सेनीटाईजर तथा मास्कको अभावमा केही समस्या भईरहेकाले त्यसको व्यवस्थापन गर्दै आकस्मीक सेवालाई थप प्रभावकारी बनाउन पहल थालिएको पनि बताए।

सुदूरपश्चिममा गेटा आँखा अस्पताल मातहतका कैलाली सहितका जिल्लामा १३ वटा उपचार केन्द्र रहेका छन्। कैलालीको भजनी, टीकापुर र धनगढीमा अस्पतालका उपचार केन्द्र रहेका छन्। 
 
 

कमेन्ट लोड गर्नुस