सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु, चार घाईते

२०७७ वैशाख ३, ०७:१७ खबर संवाददाता

दार्चुला : जिल्लामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका वडा नम्वर ६ मा चट्याङ लागेर स्थानीय भद्रसिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीका अनुसार अन्य चार जना घाईते भएका छन्। घाईते सबैको गोकुले अस्पतालमा उपचार भईरहेको उनले बताए।

चट्याङले घर पूर्ण रुपमा क्षति भएको छ भने गाई र गोरु मरेको छ। 
 

कमेन्ट लोड गर्नुस