सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडकबाट घिसार्दै लगेर धनगढीकी किशोरीमाथि सामूहिक बलात्कार

२०७७ वैशाख २, ०५:५९ आशिष मल्ल

धनगढी: देशभर लकडाउन भएका कारण यसपालि नेपालीले हर्षोल्लासका साथ नयाँ वर्ष २०७७ मनाउन पाएनन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले आव्हान गरेको उक्त आदेश सम्पूर्ण देशवासीले पालना गरेकै छन्। कोरोना भाइरसको त्रासले सम्पूर्ण विश्वनै त्रसित बनेका बेला नेपालीको नयाँ वर्ष पनि खल्लो बनेको छ। तर धनगढीकी एक किशोरीका लागि भने यो वर्ष झनै खल्लो बनेको छ।

धनगढीकी १७ वर्षीया ‘रिया’(नाम परिवर्तन) नयाँ वर्ष मनाउन कैलालीको गौरीगंगा– १ चनौरामा रहेको आफन्तको घर गएकी थिइन्। बैशाख १ गते त्यहाँ सबैसँग भेटघाट गरेर त्यसै राती साढे १२ बजे घर फर्किरहेकी उनको जिवनमा दर्दनाक घटना घटेको ‘रिया’ले प्रहरीसमक्ष बताएकी छन्।  

लकडाउनले देश नै ठप्प भएको अवस्थामा त्यो रात त्यस्तो होला भनेर उनले कल्पना समेत गरेकी थिइनन् होला। त्यो रात तीन जना दिदिभाईसँग आफन्तको घरबाट हिडेकी उनको समुहलाई गौरीगंगाकै खुरखुरीयामा मोटरसाईकलमा आएका अर्को ४ जनाको समुहले रोक्यो। 

‘रिया’ सहित ४ जनाको समुह रोकियो, कारण ती मोटरसाइकलमा आएको समुहले धारिलो हतियार बोकेका थिए। उनीहरुले हतियार देखाएनन् मात्रै। ‘रिया’ सँगै रहेका ३ जनालाई कुटपिट गरी ‘रियालाई’ घिसार्दै लगे। 

सडकबाट घिसार्दै करिब १०० मिटरको दुरीमा लगेर चारजनाको समुहले ती किशोरीको जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ। पिडित किशोरीबाट उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टको टोलीले घटनामा संलग्न समुहको खोजी कार्य गर्यो। 

अन्तत आजै ती चारै जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

उनीहरुको साथबाट हसिया र मोटरसाईकल समेत बरामद गरिएको छ। पक्राउ परेका उनीहरु चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए। 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस