डडेल्धुराका ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ, १०२ जनाको रिपोर्ट आउन बाँकी
डडेल्धुरा: डडेल्धुराबाट कोरोना भाइरस परीक्षणका लागि १९९ जनाको नमुना संकलन गरिएकोमा ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट ९७ जनाको रिपोर्ट नेगेटिभ आएको हो।
यहाँका विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरूको गत चैत २७ गते ‘थ्रोट स्वाब’ संकलन गरिएको थियो। डडेल्धुराका तीन स्थानबाट १९९ जनाकाे ‘थ्रोट स्वाब’ संकलन गरिएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर एंव कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।
डडेल्धुरा सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर मावि सादनीबाट कोरोना परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन गरिएको थियो।