धनगढीका १० पत्रकारको कोरोना परीक्षण रिर्पोट नेगेटिभ
धनगढी : कोरोना भाईरस(कोभिड–१९) को परीक्षणका लागि नमूना दिएका धनगढीका १० पत्रकारको रिर्पोट नेगेटिभ आएको छ। कोरोनाको प्रभावपछि सीमा क्षेत्र र फिल्ड रिर्पोिटङ गरेका १० जना पत्रकारको परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
अस्पतालको आकस्मीक विभाग प्रमुख एवंम प्रवक्ता डाक्टर जगदिशप्रसाद जोशीले पीसीआर मेसिनबाट नमूना परिक्षण गरिएका सबै पत्रकारको रिर्पोट नेगेटिभ आएको जानकारी दिए।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिको पहलमा धनगढीमा कोरोनाको प्रभावपछि सीमा तथा फिल्ड रिर्पोटिङ गरेका १० जना पत्रकारले कोरोना परीक्षणका लागि आईतबार थ्रोट स्वाबको नमूना दिएका थिए।