डोटीको वडा कार्यालयलाई दुई लाख बढिको सामान हस्तान्तरण
धनगढी : डोटीको शिखर नगरपालिका वडा नम्बर १ को कार्यालयलाई सहयोग गरिएको छ। कोरोना संक्रमणबाट जोगिनको लागि वडा कार्यालयलाई खाद्यन्न सहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका समाग्रीहरु हस्तान्तरण गरिएको हो। सोही वडा स्थायी घर भएर धनगढी बस्दै आएका कलेन्द्र शाही र गणेश शाहीको टिमले सहयोग समाग्री हस्तान्तरण गरेका हुन्।
एक सय कट्टा चामल, सात सेट पीपीई, ३२ सय थान मास्क, सावुन सात पेटी, सोयाविन २० कट्टा, सेनिटाईजर चार लिटर, सादापन्जा दुई सय पिस र सर्जिकल पन्जा २० पिस वडा अध्यक्ष खडक बहदुर शाहीलाई हस्तान्तरण गरिएको हो। कोरोनाको जोखिमबाट बच्नको लागि दुई लाख ४६ हजार बराबरको सामान हस्तान्तरण गरिएको डोटीको शिखर नगरपालिका वडा नम्बर १ घरभई हाल धनगढी बस्दै आएका कलेन्द्र शाहीले बताए।