बैतडीमा कोरोना आशंका गरिएका प्रहरीको रिपोर्ट आयो
बैतडी: बैतडीको सीमा नाकामा खटिएका प्रहरी जवान कोरोनाका आशंकामा अस्पताल भर्ना भएका थिए। कोरोनाका संकास्पद भन्दै जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनीलाई सोमबार डिस्चार्ज गरिएको छ।
दार्चुला घर भएका ३२ वर्षीय प्रहरी जवानको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनीलाई डिस्चार्ज गरिएको जल्ला अस्पताल बैतडीका डाक्टर बशन्तराज जोशीले बताए। कोरोनाका संकास्पद बिरामी भन्दै उनको थ्रोट स्वाब परीक्षणका सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो।
सीमा प्रहरी चौकी झुलाघाटमा कार्यरत प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रवार आइसोलेसनमा भर्ना गरिएको थियो।