कैलालीकी संक्रमित महिलाका तीन जना परिवारका सदस्यलाई फेरी क्वारेन्टाईनमा ल्याईयो
धनगढी : कैलालीकी संक्रमित महिलाका तीन जना परिवारका सदस्यलाई फेरी क्वारेन्टाईनमा ल्याईएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि ६० बर्षीय महिलामा कोरोना संक्रमण देखिएपछि परिवारका अन्य तीन जना सदस्यलाई फेरी क्वारेन्टाईनमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ६० बर्षीय महिलालाई सेती प्रादेशिक अस्पतालमा ल्याउन लागिएको छ भने बाँकी तीन जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा लगिएको छ।
चारै जनाको ¥यापिड टेस्टमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २९ गते घर पठाईएको थियो। उनीहरु चारै जना विरगञ्जमा चिया पसल सञ्चालन गर्दै आएका थिए भने १७ गते लम्कीका लागि हिडेका थिए। १८ गते लम्कीका पुगेका थिए। उनीहरुसंगै ३६ जना आएका थिए भने १७ जना कैलाली पुगेका थिए। अहिले उनीहरुको पनि खोजी भईरहेको छ।