सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आरटीपीसीआर मेसिनबाट १५ नमूना परिक्षण, १४ जनाको रिर्पोट नेगेटिभ

२०७६ चैत्र ३०, ०६:५७ खबर संवाददाता

धनगढीमा जडान गरिएको आरटीपीसीआर मेसिनबाट पहिलो दिन शनिबार १५ वटा नमूना परिक्षण गरिएको छ।

शनिबार धनगढी स्थित पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा जडान गरिएको आरटीपीसीआर मेसिनबाट राती १५ जनाको नमूना परिक्षण गरिएको मोलीकुलर माईक्रोबायोलोजिष्ट सुनिल लेखकले बताए। लेखकका अनुसार नमूना परिक्षण गरिएका मध्ये १४ जनाको रिर्पोट नेगेटिभ आएको छ भने एकजनाको रिर्पोट आज आउनेछ।

१२ घण्टामा दुई सय ७० जनाको नमूना परिक्षण गर्न सकिने आरटीपीसीआर मेसिन धनगढीमै सञ्चालनमा आएपछि परिक्षणको कामले तिव्रता पाउने विश्वास गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च रहेको भन्दै संघिय सरकारले बुधवार अर्काे प्रयोगशाला स्थापना गर्न उपकरण पठाएको थियो। 
 

कमेन्ट लोड गर्नुस