उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुँवरद्धारा गाउँपालिकालाई एक लाख सहयोग
कैलाली–कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्ण कुवँरले गाउँपालिकालाई एक लाख सहयोग गरेका छन्। जिल्लाको बर्दागोरिया गाउँपालिकालाई उनले एक लाख सहयोग गरेका हुन्।
गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम राहत तथा उद्धार कोषमा उनले सहयोग गरेका छन्। शनिबार कुँवरले गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारुलाई नगद १ लाख रकम हस्तान्तरण गरेका छन्।
कुँवरले कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम गर्न औषधि छर्कनका लागि उक्त रकम गाउँपालिकालाई सहयोग गरेको बताएका छन्।