सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लकडाउन उल्लंघन गर्ने १६२ जनालाई कारवाही, २५ सवारी नियन्त्रणमा

२०७६ चैत्र २९, ०७:४६ खबर संवाददाता

धनगढी:  कैलालीमा लकडाउन उल्लङघन गर्नेलाई कारवाहीको दायरामा ल्याइएको छ। शनिबार धनगढी र अत्तरियामा लकडाउनको उल्लङघन गर्ने १ सय ६२ जनालाई प्रहरीले सडकमा उभ्याएको छ।

बिहिवार दुवै ठाउँमा १ सय ६२ जनालाई कारवाही स्वरूप एक घण्टा सडकमै उभ्याईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कोराना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको ‘लकडाउन’ उल्लंघन गर्नेलाई कैलाली प्रहरीले शारीरिक दूरी कायम गर्दै पक्राउ गरी सडकमा उभ्याउन थालेको हो।

लकडाउन अवज्ञा भएपछि कैलालीका विभिन्न स्थानमा प्रहरीले ‘ईम्प्रोभाईज म्यान क्याचर स्टीक’ बाट पक्राउ गरिरहेको छ। 

त्यस्तै शनिबार नै लकडाउनको उल्लंघन गरेर चलाइएका २५ सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार दक्षकुमार बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस