बोलन्या थलीको ‘दैलामै दवाई’ अभियानलाई सेनेटरी प्याड सहयोग
धनगढी: बोलन्या थलीको ‘दैलामै दवाई अभियान’लाई सेनेटरी प्याड सहयोग गरिएको छ। बोलन्या थलीलाई जस्मिन हाईजेनिकका प्रतिनिधि दिपेन खनालले १२० पिस सेनेटरी प्याड सहयोग गरेको संयोजक यादव जोशीले बताए।
उनले धनगढी नगरभित्रका महिलालाई प्याड आवश्यक भएमा आफ्नोे मेसेनजर वा मोबाइल नम्बर ९८५८४८०६५४ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।
पछिल्लो समय बोलन्या थलीले धनगढीमा विभिन्न अभियान थालेको छ। विषेशगरी बोलन्या थलीले पश्चिम सेती आयोजना निमार्णका लागि सरकारलाई विभिन्न रचनात्मक तरिकाबाट दवाव दिँदै आएको छ।