डोटीका चार स्थानीय तहलाई २३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
डोटी: कोरोना भाइरस रोकथाम तथा नियन्त्रका लागि डोटीका चार स्थानीय तहलाइ करिब २३ लाख बराबरका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ। मानविय सेवामा अनेकौं प्रयास नामक संस्थाले शनिबार उक्त सामग्री हस्तान्तरण गरेकोे हो।
संस्थाले जिल्लाका शिखर नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका र पूर्वीचौकी गाउँपालिकालाई उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए।
अध्यक्ष जोशीका अनुसार प्रत्येक स्थानीय तहलाई ९ सय बोतल सेनिटाइजर, १ हजार आठ पिस साबुन र ६ हजार थान सर्जिकल मास्क वितरण गरिएको हो। साथै संस्थाले पूर्वीचौकीमा स्थापना भएको क्वारेन्टाइनलाई ५० थान ब्लाङकेट र ५० थान म्याटसमेत वितरण गरेको छ।