बैतडीको सीमा नाकामा खटिएका एक प्रहरी आइसोलेसन भर्ना
बैतडी: बैतडीमा आइसोलेसनमा भर्ना भएका छन्। सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत एक ३२ वर्षीय प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्तराज जोशीले बताए।
सीमा नाकामा खटिएका हुँदा उनलाई आइसोलेसनमा भर्ना गरिएको डा. जोशीले बताए। आइसोलेसनमा भर्ना गरिएका प्रहरी जवानको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइसकिएको उनले बताए।