धनगढीमा डेरा गरी बस्ने २१ जना विद्यार्थीलाई खाद्यान्न सहयोग
धनगढी : धनगढीमा खाद्यान्न अभावले समस्यामा परेका डेरा गरी बस्ने २१ जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ५ कैलालीका सचिव देवेन्द्र जोशीका अनुसार नेविसंघका युवाहरु र टेकवहादुर चोखाल फाउण्डेसनले कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस र सुदूरपश्चिमाञ्चल एकेडेमीमा अध्ययनरत २१ जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरको हुन्।
प्रति विद्यार्थी ५ किलो चामल, दुई किलो दाल र एक÷एक पोका तेल हस्तान्तरण गरिएको टेक बहादुर चोखाल फाउण्डेशनका अध्यक्ष विनय चोखालले बताए। उनका अनुसार यो अभियान जारी राखिनेछ। समस्यामा रहेका विद्यार्थीलाई ९८४८४५९५६३ र ९८४८४०५५४८ मा सम्पर्क गर्नहुन अनुरोध समेत गरिएको छ।