सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपचारमा लापरवाही नभएको अस्पतालको दावी

२०७६ चैत्र २८, ०७:२८ खबर संवाददाता

धनगढी : धनगढीस्थित माया मेट्रो अस्पतालले बिरामीको उपचारमा लापरवाही नभएको दावी गरेको छ। माया मेट्रो अस्पतालले उपचार नगर्दा २६ गते कैलालीको गोदावरी नगरपालिकाको तेघरीका जनकलाल भट्टको मृत्यु भएको आरोप लागेपछि अस्पतालले विज्ञप्ती जारी गर्दै भट्टको उपचारमा कुनै लापरवाही नभएको दावी गरेको हो।

‘विरामीलाई इमरजेन्सिमा भर्ना गरिएको र उपचारका लागि भेन्टीलेटरको आवश्यकता थियो। यस अस्पतालमा भेन्टीलेटर खाली नदेखिएपछी विरामीका आफन्तलाई भेन्टीलेटर सुविधा सहितको आइसियु भएको ठाउँमा राख्नु पर्ने भएकाले यहाँबाट नजिकपर्ने कोहलपुर मेडिकल कलेज लैजान पटकपटक सुझाइएको थियो तर उहाँका आफन्तले नै इन्कार गरी विरामीको अवस्था जटिल हुदाँ पनि विना अक्सीजनको प्राइभेट गाडीमा घर लगिएको थियो।’ अस्पतालका अध्यक्ष धिरेन्द्र साउदद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

माया मेट्रोमा उपचार सम्भव नभएपछि भट्टलाई घर लगिएकोमा घर पुगेको १० मिनेटमा मृत्यु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस